मुन्धुम ट्रेलमा बौद्धमार्गीको माने: मुन्धुम ट्रेलअन्तर्गत पर्ने पर्यटकीयस्थल सालपा पोखरी नजिकै बौद्ध धर्मावलम्बीले निर्माण गरेका ऐतिहासिक माने । खोटाङ र भोजपुरको सिमानामा पर्ने सालपा पोखरी जाने पदमार्गको विभिन्न ठाउँमा बौद्धमार्गीले निर्माण गरेका मानेहरु पाइन्छन् । तस्बिर: केदार मगर/रासस
ढुङ्गामा बुद्ध: गलकोट नगरपालिका–५ टेउवामा निर्माणाधीन खुल्ला मूर्तिकला सङ्ग्रहालयमा हालै प्रतिस्थापन गरिएको गौतम बुद्धको मूर्ति । उक्त मूर्ति गत वर्ष भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा मूर्तिकार बुद्ध चौधरीले कुँद्नुभएको हो । तस्वीर: रामबहादुर थापा, रासस
हिमालहरुको आरोहण खुल्ला : हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाएको छ । हेलम्बु र लाङटाङ क्षेत्रको बीचमा रहेको नयाँ गङ्गा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ । तस्वीरः देवराज सुवेदी, रासस
सूर्यास्त: ‘क्यामिरी’ पदमार्ग अन्तर्गत पर्ने तनहुँको भानु १३, पोखरीछाप नजिकको डाँडाबाटदेखिएको सूर्यास्त । तस्विरः मनशान्त घिमिरे
विद्यालय जाँदै बालबालिका: लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् । तस्बिर: सनिउल्ला धोबी/रासस
आज छठ पर्व: तराई मधेसमा विशेष रुपमा मनाइने छठ पर्व पोखरालगायत पहाडी भागमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरि मनाउने गर्छन् । फोटो: मनशान्त घिमिरे ।
यसरी पुरिंदैछ फेवातालः संरक्षणमा बेलैमा सचेत नभए भोलिका दिनमा केहि स्थानमा मात्र पानी रहने पक्का छ । फेवातालमा मिसिने खोलामा सिल्टेसन ड्याम निर्माण गरेपनि यो पर्याप्त भएको छैन । लेक (ताल) रहे लेकसाइडको अस्तित्व रहन्छ । फेवातालको अस्तित्व जोगाउन बेलैमा सचेत बनौं । फेवातालको संरक्षणमा निस्वार्थ भावनाले अघि बढौं । फोटो: मनशान्त घिमिरे ।
आज काग तिहार: कार्तिक कृष्ण त्रयोदशीका दिन आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर कागको पूजा गर्ने चलन छ । फोटो: मनशान्त घिमिरे ।
सेतो टाउके चिलः नेपालमा कुनै समय तराईका भुभागमा प्रचुरमात्रामा देखिने सेतोटाउके चिल हालका दिनमा विरल र केहि स्थान बिशेष मात्र देखिएको छ । फोटो: मनशान्त घिमिरे ।
मुस्कुराउँदै हिमश्रृंखलाः अन्नपूर्ण हिम श्रृंखलाको मनोरम चुचुरो अन्नपूर्ण दोस्रो । समुन्द सतहबाट ७९३७ मिटर अग्लो यस चुचुरोमा सन् १९६० मा सर क्रिस बोन्नीङ्गटन र आङ नीमा शेर्पाले पहिलो पटक सफल आरोहण गरेको थिए । फोटो: मनशान्त घिमिरे ।