Sat. Dec 7th, 2019

ढिस्कोमा ५ जना पुरिए

1 min read

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ५ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन् । आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जनाए ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका बताइएको छ । उनीहरूलाई निकाल्ने प्रयास भइरहेको वडाध्यक्ष गुरूङले जनाए । ती मजदुर स्थानीय नभई कामका लागि सल्यान जिल्लाबाट त्यहाँ पुगेका हुन् ।

पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको बताइएको छ ।

Leave a Reply