Mon. Dec 16th, 2019

कास्की – २ अपडेटः विद्या भट्टाराई दोब्बर मतले अगाडि

1 min read

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर पु¥याएकी छन् ।

प्राप्त पछिल्लो परिणामअनुसार पोखरा महानगरपालिकाका १७, २०, २१ र ३३ वडाको मतगणना सकिइसकेको छ । मत परिणामअनुसार विद्याले ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपाका उम्मेदवार भट्टाराईले आप्mनो मतान्तर दोब्बर बनाएकी हुन् ।
कांग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ४६ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।

पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

Leave a Reply