Sat. Jan 18th, 2020

गण्डकी प्रदेशमा नेपाल भ्रमण वर्षको पोखराबाट भव्य उद्घाटन

1 min read
Mardi News

पोखरा, १६ पुस । गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्षको मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले भव्य रुपमा उद्घाटन गरेको छ । बुधबार नेपाल भ्रमण वर्षको हट एयर बेलुन उडाएर उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारको पर्यटक लक्ष्यमा प्रदेश सरकारले ५० प्रतिशत योगदान दिने बताए ।

संघीय सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा गण्डकी प्रदेश सरकारले १० लाख पर्यटक भित्राउने दाबी गरेका हुन् । गण्डकी प्रदेशमा २०१८ मा करिब १० लाख र २०१९ मा करिब १५ लाख पर्यटक भित्रिएको दाबी गर्दै उनले भ्रमण वर्ष २०२० मा १० लाख विदेशीसहित आन्तरिक पर्यटक गरी २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने जनाए ।

छिमेकी मुलुक चीन र भारतबाट पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकार लाग्ने मुख्यमन्त्री गुरुङले जनाए । विश्व भ्रमणमा निस्कने दुबै देशका एक प्रतिशत मात्र पर्यटक नेपालमा भित्राउन सके नेपालमा पर्यटन प्रवर्द्धन हुने उनले जनाए ।
आजकै दिन खुल्ला गरिने भनिएको रत्नमन्दिरबारे मुख्यमन्त्री गुरुङले भ्रमण वर्षकै अवधिमा खुला गरिने बताए । उनले भने “नेपाल ट्रस्टको नाममा रहेको उक्त रत्न मन्दिर र हिमागृह संचालनको लागि प्राविधिक कुराले गर्दा केही समय लाग्छ, संघीय सरकारबाट प्रदेश सरकारलाई कार्यविधि बनाएर दिएसंगै हामीले रत्न मन्दिर र हिमागृह संचालनमा ल्याउछौं ।”
नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा प्रचुर मात्रमा पर्यटकीय सम्भावना रहेको उल्लेख गरे । उनले निजी क्षेत्रले सरकारसँग समन्वय गरी पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बताए ।


कार्यक्रममा उडाइएको हट एयर बेलुनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी सहितका व्यक्तिहरु ह्ट बेलुनमा उडेका थिए ।

Leave a Reply