Sat. Jan 18th, 2020

पोखरा फाइनान्सको १४.२० प्रतिशत लाभांश पारित

1 min read
Mardi News

पोखरा, १८ पुस । पोखरा फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७५ र ७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिशेयर ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ७ दशमलव २० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ९१ दशमलव ७२ करोड पुग्ने छ । सोही सभाले सर्वसाधारण शेयरधनीसमुहबाट प्रेमबहादुर थापा, डा दिपेन्द्रकुमार गौतम र कृष्णबहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

Leave a Reply