भुलवश युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

-


     मर्दी न्युज    
     पुस २६ गते २०७६ मा प्रकाशित


Mardi News

फोटोः एजेन्सी

एजेन्सी, २६ पुस । इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारेको हो ।

दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १ सय ७६ नागरिकको मृत्यु भएको थियो । इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । मृतकमध्ये १५ जना बालबालिका थिए ।

सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ ।

युक्रेनको विदेश मन्त्रालयले यस दुर्घटनामा मारिनेमा इरानी, क्यानाडाली, युक्रेनी, स्विडेनी, अफगानी, वेलायती र जर्मन नागरिक रहेको जनाइएको थियो । विमानमा ८२ जना इरानी , ६३ जना क्यानाडाली, ११ जना युक्रेनी, १० जना स्विडेनी, ४ जना अफगानी , ३ जना जर्मन र ३ जना बेलयाती सवार थियो ।