Sat. Jan 18th, 2020

दिलीप हत्या प्रकरण : क्रसर उद्योगी पक्राउ

1 min read
Mardi News

जनकपुर, २६ पुस । धनुषामा नदी उत्खनन्को विरोध गर्ने दिलिपकुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिनकुमार महतो पक्राउ परेका छन् ।
विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानुचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।

प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको टिपरले किचेर हत्या गरिएको थियो ।

यसैबीच मृतक दिलिपको शनिबार पोष्टमार्टम गरिएको छ । हत्या भएको झण्डै ३८ घण्टापछि शनिबार साँझ ५ः ३० बजेतिर दिलिपको पोष्टमार्टम गरिएको हो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गरिएको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply