पोखरामा थारु समुदायले मनाए ‘नयाँ वर्ष’ (फोटोफिचर)

-


     मर्दी न्युज    
     माघ १ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १ माघ । माघ १ गते थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्वक मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् । थारु सम्वत्अनुसार २६४२ वर्ष पूरा गरी बुधबार माघ १ गतेबाट २६४३ औं वर्ष सुरु भएको छ ।

माघ १ अर्थात् नयाँ वर्षको स्वागतका लागि यतिबेला थारु समुदायले पोखरामा पहिलोपटक ‘माघी’ महोत्सव मनाएको छ । गण्डकी प्रदेशका सांसद राजीव पहारीको प्रमुख आतिथ्यतामा पोखरा लेकसाइडस्थित बराही घाटमा पोखरामा बसोबास गरिरहेका थारु समुदायले नाचगान, पारिवारिक जमघट गरी माघी पर्व मनाए ।

त्यस्तै गरी सातै प्रदेशका थारु समुदायले माघी पर्वको खुशियाली मनाएका छन् । आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान प्रदर्शन गरे । बाराही घाटमा भएको माघी महोत्सवमा थारु समुदायको परिकार पनि राखिएको छ ।