Mon. Sep 28th, 2020

सरकारको दुई वर्ष : प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै सम्बोधन गर्ने संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको २ वर्ष पूरा हुँदैछ। त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संघ, प्रदेश र स्थानीय तह९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि संसद् सचिवालयले जनाएको छ।

Leave a Reply