प्रधानमन्त्री ओलीद्वारा आभार प्रकट

-


     मर्दी न्युज    
     फागुन ३० गते २०७६ मा प्रकाशित


पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरुप्रति विशेष आभार प्रकट गरेको छ ।


शुक्रवार साँझ अस्पतालबाट फर्केपछि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले विशेष आभार प्रकट गरेको हो ।

यसैगरी मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्ने सम्पूर्ण स्वदेश तथा विदेशमा रहकोप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

ट्वीटमा प्रधानमन्त्री ओलीले भनेको छ, ‘अस्पतालमा रहँदा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरु एवम् सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

मोदीको प्रस्तावको स्वागत
यसैगरी कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको पनि स्वागत गरेका छन् । शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘कोरोना भाइरसविरूद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु । मेरो सरकार यो प्राणघातक रोगविरूद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार ट्वीट गर्दै मोदीले मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका थिए ।