पोखरामा ११५ युनिट रगत संकलन

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७६ मा प्रकाशित


पोखरा १ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रक्तदानका कार्यक्रम नै कम हुँदै रगत अभाव हुन लागिरहेको अवस्थामा पोखरामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको चिप्लेढुङ्गामा शनिवार बिहान भएको रक्तदान कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए । उनले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमणको अवस्थामा हामी समयमै सजक भएर सुरक्षा व्यवस्था अपनाउनुपर्ने बताए ।

सरकारले सभा, सम्मेलन र जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या बढ्नेतर्फ सचेत रहँदै प्रहरी कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

विपद व्यवस्थापन शाखा गण्डकी प्रदेश पोखराको सञ्योजनमा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा भएको रक्तदानमा १ सय १५ युनिट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रममा सर्वसाधारण प्रहरीलगायत सर्वसाधारणले पनि रक्तदान गरेका थिए ।