एसईई प्रश्नपत्रहरू ‘सुरक्षित’, अर्को परीक्षाका लागि एकदेखि दुई साताको म्याद दिइने

-


     मर्दी न्युज    
     चैत्र ६ गते २०७६ मा प्रकाशित


एजेन्सी । एसईई परीक्षाका लागि केन्द्रहरूमा पुगिसकेका प्रश्नपत्रहरू सुरक्षित रहेको भन्दै पुन: हुने परीक्षामा तिनै प्रश्नपत्रहरू प्रयोग गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन्।
पूर्वनिर्धारित मितिको अघिल्लो दिन बुधवार साँझ सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एसईई परीक्षा स्थगित गरिएको जनाएको थियो।

अन्तिम अवस्थामा गरिएको त्यस्तो निर्णयका कारण कतिपयले प्रश्नपत्रको सुरक्षाबारे चासो व्यक्त गर्दै आएका छन्।
यसबारे निर्णय गर्न परीक्षाको केन्द्रीय सुरक्षा समितिको बैठक बिहीवार बसेको थियो।

अर्को मिति जारी गर्दा विद्यार्थीहरूलाई कम्तीमा एकदेखि दुई हप्ताको म्याद दिइने बोर्डका अध्यक्ष पौडेलले बताए।
यो वर्ष एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए। बिबिसी