Wed. Jun 3rd, 2020

कोरोनाका कारण पछि सारिएका ओलम्पिक २०२१ मा हुने

एजेन्सी । कोरोना भाईरसको महामारीको कारणले स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ । जापानको न्यूज एजेन्सी क्यूदो न्यूजले सो खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेल सन २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म हुने जनाएको छ ।

जापानले तय गरेको नया मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सहमति जनाएको उल्लेख गरिएको छ । यस अघि टोकियो ओलम्पिक जुलाईलाई २४ देखि अगष्ट ९ सम्म तय गरिएको थियो ।

तर कोरोना भाईरसको विश्वव्यापी संक्रमणको कारण ओलम्पिक प्रतियोगीता एक वर्ष पछि सारिएको हो । आगामी वर्ष आयोजना हुने भए पनि प्रतियोगीताको नाम टोकियो ओलम्पिक गेम्स २०२० नै रहने उक्त समाचारले जनाएको छ । अन्तर्राष्ट्रिय कमिटिले मिडिया कन्फेरेन्सको माध्यमबाट राखेको बैठकमा ओलम्पिक टच टोकियो पुगि सकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।

Leave a Reply