तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०७७ मा प्रकाशित


पोखरा । मौसम पूर्वानुमान महाशाखाले बिहान विशेष बुलेटिन प्रकाशित गर्दै हाल काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानमा (सक्रिय भएको प्रदेशः प्रदेश न. १, २, बाग्मति प्रदेश, गण्डकी प्रदेश) विकसित मेघ गर्जन÷चट्याङ सहित वर्षा गराउने बादलका कारण मेघ गर्जन/चट्याङ हावाहुरी लगायत वर्षा भैरहेको जनाएको छ । यो १२ बजेसम्म रहने उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी/मेघ गर्जन/चट्याङ्/असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । अपरान्ह पश्चात् पहाडी भू(भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ११ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।