करिब एक सय यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

-


     मर्दी न्युज    
     जेठ ९ गते २०७७ मा प्रकाशित


एजेन्सी । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । बीबीसीका अनुसार विमानमा १ सय ७ जना सवार रहेका थिए । ९९ जना यात्रु र चालक दलका ८ सदस्य रहेका थिए ।

अहिले उद्धार गर्ने कार्य भइरहेको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर)ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटाइसकिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेका छन ।