बाजुराको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्यु

-


     मर्दी न्युज    
     जेठ २४ गते २०७७ मा प्रकाशित


बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए

गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले बताए । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिए ।