Wed. Aug 5th, 2020

‘ईलुस्ट्रेटर’ जीत गुरूङ

जीत गुरुङ वास्तवमा ‘ईलुस्ट्रेटर’ अर्थात पुस्तक चित्रकार हुन । नेपालमा प्रकाशित भएका धेरै पुस्तकहरूमा उनको रेखा चित्रले भरिएका छन । बालकथा, कविता, धार्मिक कथा, कमिक्स आदि चित्रहरू बनाएका छन् उनले । विदेशी नियोग, पुस्तक प्रकाशक र संघसंस्थाहरु (हेल्पटास, आईएनएफ आदि) का पुस्तकको भित्रि तथा पृष्ठको आवरण चित्रहरू बनाएका छन् । उनको रेखा चित्रमा सिद्वहस्त, निपुर्ण र प्रभाविलो छ । उनको यही विशेषताले राजधानीलगायतका स्थानहरुबाट समेत पुस्तकहरूको चित्र बनाउन आउने गर्छ ।

जीत गुरुङले तयार पारेका पुस्तक तथा पत्रिकाका कभर चित्रहरू

उनको कलाको पृष्ठभूमि भने कार्टुन अर्थात ब्यङ्गय चित्र हो । सानै उमेरदेखि आफु कमिक्सबाट निकै प्रभावित भएको गुरुङ बताउँछन् । त्यसैले स्कुल पढदा उनि कार्टुन चित्र बनाउने गर्थे । अमरसिंह माध्यामिक विद्यालय पोखरामा पढ्दै गर्दा त्यतिबेला ‘कमिक्स नेपाल’ बनाएर सय प्रति बिक्री भएको उनी सम्झन्छन् । अहिले आफुसंग त्यतिबेला बनाएको कमिक्स एक प्रति पनि नभएको गुरुङ बताउँछन् । त्यसबेला पोखरामा जीत गुरुङको कार्टुन चित्रमा खुबै चर्चा थियो । प्रत्येक वर्ष कामनाबाट प्रकाशित हुने गाईजात्रे अंक हास्यव्यङ्गय पत्रिकामा उनको कार्टुन छापिन्थ्यो । पोखराका वरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलाद्वारा प्रकाशित आदर्श समाजमा दैनिकमा जीतको कार्टुन साप्ताहिक रूपमा छापिन्थे । उनी कार्टुन स्तम्भकारको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीको २०५८ सालमा सधारण सदस्य लिएका थिए ।

उनले २०५४ सालमा व्यावसायिक रूपामा साईन बोर्ड पसल ‘मुनाल आर्टस्’ रानीपौवा पोखरामा खोले । यसबाट उनको लागि सम्पर्क माध्यम बढ्दै गयो र प्रचार प्रसारमा पनि । परिश्रमी र मिहेनती जीत गुरुङ पोखराबाटै प्रकाशित हुने ‘तमु मञ्च’ र ‘आदिवासी जनजाति मञ्च पाक्षिक’ पत्रिकाका नियमित कार्टुनिष्टकार पनि हुन् ।

हरेक काम मन लगाएर गर्ने उनले आप्mनै दाइ नारायण गुरुङबाट मूर्तिकलाको काम पनि सिके । तमु प्ये ल्हु संघमा रहेका संग्रहालयमा मुर्ति बनाउने काममा यिनै दाजुभाइबाट बनाएको मूर्तिहरु छन् । साइनबोर्ड बनाइरहेका उनी समयको परिवर्तनसंगै नेपालमा फ्लेक्स प्रिन्ट मेसिन भित्रिएसँगै उनले पनि फ्लेक्स मेसिन सुरु गरे । परम्परागत साईन बोर्ड पेशा हराउदै गएकाले पनि समयअनुसार चल्न उनले आधुनिक प्रविधि प्रयोग गरे । केही वर्ष राम्रै गरेपनि उनलाई त्यस मेसिनले भनेजस्तो काम दिन सकेन । प्राविधिक समस्याले बेलाबेलामा बिग्रिरहने गर्दा उनले फ्लेक्स मेसिन हटाइसकेको छ । मेसिन हटाइसकेपनि कामलाई पनि फ्लेक्सको काममा भने कुनै कमी हुन दिएका छैनन् ।

आजभोलि सबै डिजाइन इलुस्ट्रेटरको कम्यूटरकै माध्यमबाट गर्ने गर्छन् । पेन्सिल स्केच, तेल रंग र एक्रेलिक रंगबाट पेन्टिङ्ग पनि राम्रो बनाउने उनले थुप्रै गुरुङ गाउँको पेन्टिङले समाजघर सजिएको छ । त्यस्तै उनले बनाएका सिकलेस गाउका सुन्दर पेन्टिङ्गहरू हङकङ, युकेबाट पनि अर्डर गर्ने गर्छन । थुप्रै स्कुल तथा मन्टेश्वरीका भित्ताहरुमा उनको चित्रहरुले रङ्गिएको छ ।

यतिबेला भने उनी संग्रहालयको लागि मुर्ति बनाउनमा व्यस्त छ । २५ वर्षअघि मूर्तिमा हात हालेका उनले आधुनिक मूर्तिका लागि यूट्युबबाट हेरेर सिकेका छन् । सिक्लेसमा निर्मित तमु क्होईबो धीं तथा तमु संग्राहलयको लागि ख्याती प्राप्त गुरुङहरूको अर्धकदका सालिकहरू बनाएको छ । डा. हर्क गुरुङ, डा. चन्द्रप्रसाद गुरुङलगायतका करिब २०/२१ वटा मूर्ति बनाउने कार्यमा उनी व्यस्त छन् ।

Leave a Reply