Wed. Jul 15th, 2020

चराको बचेराको शिवपुरी–शुक्लाफाँटा हुँदै पोखरामा नाम जुर्यो

तस्विरः डिलबहादुर पुन

पोखरा । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जको कार्यालयमा एकाबिहानै देखिको एउटा चराको बचेरोले चिफवार्डेन डिलबहादुर पुनको ध्यान खिच्यो । कार्यालय भित्रै आएको बचेरो केहि लठ्ठिएको जस्तो देखेपछि घाईते छ कि भनेर ओल्ट्याई पल्टाई गरेपछि अलि तंग्रियो र फुत्त तल झर्यो त्यहिबेला उनले फोटो खिचे । केहिबेरमा अबलोकनका लागी सुरक्षित रुपमा कार्यालय प्रांगणमा राखिएको उक्त बचेरो भुर्र उडि जंगल तर्फ उड्यो । निमेश भरमै उडेको त्यस बचेरो के हो भन्ने तिर उत्त्सुकता जाग्यो र आफ्ना साथी समक्ष म्यासेन्जरमा फोटो पठाएर सोध्न लाग्नु भयो, यो चरा के होला?

लगतै उहाँले आफ्ना समकक्षी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चिफवार्डेन तथा लामो समय राष्टिय निकुन्ज तथा बन्यजन्तु बिभागमा ईकोलोजीमा काम गर्नुभएका लक्ष्मण पौड्याललाई पनि पठाउनु भयो । चरामा पनि लामो समय अध्ययनमा बिताउनु भएका चिफवार्डेन पौड्यालले त्यस बच्चाको प्वाँख, रङ्ग र आकारले गर्दा बचेरोलाई खुट्याउनु भएन ।

तस्विरः डिलबहादुर पुन

अनि सुरु भयो त्यसबारेमा बृहत छलफल । उहाँले पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेलाई त्यो फोटो पठाउनु भयो । हेर्दा लामो सुलुत्त परेको शरीरले गर्दा निलोतुथो अर्जुनक जस्तो देखिने उक्त बचेरो नीलगगन अर्जुनकसँग मिल्दोजुल्दो तथा झुक्किने देखियो । त्यसपछि चराविद् घिमिरेले आफ्ना सिनियरसँग छलफल गर्नुभयो । लामो समय चरा अध्ययन अनुसन्धानमा लागेका आफ्ना सिनियर डा. हेमसागर बराल, हठन चौधरी, सोम जिसि, सञ्जिव आचार्य तथा रमेश चौधरीसँग बचेराको बारेमा धेरै पक्षहरु बिच छलफल गर्दा उक्त बचेरो नीलगगन अर्जुनकको भन्नेमा कुनै दुईमत रहेन । जसलाई अंग्रेजीमा Pale Blue Flycatcher भनिन्छ ।

के छ त नेपालमा यसको अवस्थाः

नेपालको लागि ग्रिष्मकालिन आगन्तुक तथा मध्य नेपालदेखि पूर्वी नेपालका केही स्थानमा स्थानीय प्रजातिमा पर्ने यो प्रजाति चरा अवलोकन तथा अनुसन्धानका क्रममा ग्रिष्ममा फुल्चोकी तथा शिवपुरीमा बच्चा कोरल्ने देखिएको पंक्षीविद् हठन चौधरी, सोम जिसी तथा सञ्जीव आचार्य बताउनु हुन्छ भने हिउँदमा सन् २०१५ मा रानीवन–पोखरामा भेटिएको पंक्षीविद् मनशान्त घिमिरे बताउनु हुन्छ । साथै नेपालको संकटापन्न पंछी सम्बन्धी रातो किताबले यो प्रजाति बिरलै देखिने ग्रिष्मकालिन आगन्तुक तथा काठमाडौं आसपासका डाँडाहरुमा बच्चा कोरलेको प्रजाति भनिएको छ र पश्चिम नेपालतिर यसको अभिलेख गरिएको छैन ।

Leave a Reply