बागलुङको पहिरोमा बेपत्ता एक चालकको शव फेला

-


     मर्दी न्युज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित


बागलुङ, ११ साउन । शनिवार राति बागलुङ नगरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परि बेपत्ता भएका दुईजना मध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरीँदा वेपत्ता भएका चालक रोसन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

बागलुङ नगरपालिका–५ मालिकाका २५ बर्षिया किसान शनिवार रातिको पहिरोमा परि वेपत्ता थिए । उनिसँगै बेपत्ता भएका अर्का एक जना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।



Tags: