संक्रमित बढेपछि पुतलीबजार नगरपालिका १० दिन बन्द

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिका मंगलवारदेखि पूर्ण बन्द गरिने भएको छ । जिल्लामा कोरोना भाइरस संक्रमण बढेसँगै नगरपालिकाका सबै वडा बन्द हुने भएको हो ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मंगलवारदेखि १० दिनका लागि पुतलीबजार नगरपालिकाका सबै वडा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराचन्द्र ढकालले जानकारी दिए ।

नगरभित्र कोरोना भाइरसको संक्रमण फैलन नदिने उद्देश्यले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ ।

सोमवार जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका शिल गरिएको हो । त्यस्तै मंगलवार पनि पुतलीबजार नगरपालिकामा १८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

आज मंगलबार प्रदेश निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार अर्जुनचौपारीका ४ जना, वालिङका १ र पुतलीबजार नगरपालिकाका १८ पुरुष र २ महिला गरी २५ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।



Tags: