Wed. Aug 5th, 2020

सामुदायिक घरबास सञ्चालन गर्न भिटोफको आग्रह

पोखरा । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालले गण्डकी प्रदेशभर सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक घरबास (होमस्टे)लाई सुचारु गर्न आग्रह गरेको छ ।

मंगलवार भिटोफले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले जारी गरेको बन्दाबन्दी खुलेसँगै आवश्यक सतर्कता अपनाई स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको हो ।

प्रदेशका भिटोफका अध्यक्ष नवराज अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले २०७७ साउन १५ गतेदेखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गरी व्यवसायहरु सञ्चालन खुला गरेसँगै सम्पूर्ण सामुदायिक होमस्टेहरुबाट प्रदान गरिंदै आएका पर्यटकीय सेवा उच्च सतर्कता अपनाई सुचारु गर्नुहुन भिटोफले आग्रह गरेको छ ।

विषम परिस्थितिको अवस्थामा सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरेकोमा आभार व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आफ, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखी प्राकृतिक प्रकोप जोखिमबाट सुरक्षित बनी भिडभाड नगरी सेवा सुचारु गर्नुहुन अनुरोध गर्दछौं ।’

Leave a Reply