पंक्षी यात्राको सम्झना

-


     मर्दी न्युज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित


जयनाथ भण्डारी, काठमाण्डौं

कुरो छ यहाँ रमाइलो सत्तरीको दशकको
संझनाहरू पोखिदिएँ मैले बर्दिया यात्राको
दिग्गज हरू हठन, विमल , गोपी र फुर्केल
अनि हेमु साथमा मणी , सिजन र गोकुल
।१।
सुन्दर पोखराका शेषकान्त, मनशान्त
सुमन, गंगा, राम अनि महीलामा सुनीता
यात्रामा थिए साथमा थुप्रै बिध्यार्थी पत्रकार
सगसँगै लाग्येों बाटो पश्चिमको नगरी हतार
।२।
कोही अन्जान थे त कोही चिने जानेका
पर्यटक चरा,पाहुना चरा हेर्नलाई हिडेका
देखिएथे सुगा, भद्राई चिबे आकाशमा महाचील
बेल्खुमा बनाइदियो तिलहरीले हामीलाइ जिल्ल
।३।
मुग्लिन पुगी गाडी अचानक रोक्कियो घचक्क
चढे पोखरेली साथी गाडीमा हुलगरी हतपत
गुड्यो गाडी बाँदर लड्ने त्यो चट्टाने भिरमा
रोक्न खानालाई थुम्सी नारायणी तिरमा
।४।
भेट्यौं ठागु, बिष्णु, अनिल, सुनैना र अरू
चितवनका बाघ गैंडासँग जोखीम मोल्नेहरू
देखिएथे केही पाहुना चरा नारायणीको भेलमा
ठूला चरा अघिअघि साना जति परेथे छेलमा
।५।
लमतन्न बन र सडक ,उस्तै बिशाल खेतफाँट
चिबे, ठेउवा माटेकोरी गर्थे जिस्क्याउने आँट
साँझ अनि रातको प्रहर भए तिलमिल आँखा
पोथ्रा बोट सालका ठुटा दिन्थे बाघ भै धोका
।६।
पुगियो ठाकुरद्वार लेो अबेर खाइयो खाना
लामो दिनको यात्रा थ्यो त्यो थाके सबैजना
सुत्ने ठाउँको चाँजोथ्यो अलग अलग लजमा
कोठाहरूको नामाकरण पंछी, जन्तुको नाममा
।७।
शुभ बिहान शुरूभयो सगै रानी, धनेस चरा
बर्दिया मा देख्न पाइथ्यो निकै नै हराभरा
निकुञ्जमा सबजनाको अब्बल सवार रह्यो
बि.सी.एन. को प्रदर्शनि र जागरण गोष्ठी नि भयो
।८।
गएको साँझ रमाइलो बितेथ्यो साथी बिचको गफगाफमा
पालो थियो चरा अवलोकन कर्णालीको, बसी राफ्टिङमा
नदीमा हेलिंदा सुख दुःख जे भएनि देखिए हज्जारौ चरा
क्रिसमस साँझमा रमझम थारूको नाच रमाए जो जो थे सारा
।९।
घोडा घोडी सिमसार ताल पाहुना चरालाइ प्रकृतिको अनुपम उपहार
रैथाने अनि यात्री सहचरी सबैको पृथक र एकत्वको बास र साहारा
धर्तीमा स्वर्गका अंश जोगाउनु सबका खातिर
यस्तै यात्रा क्षण का अनुभुतिसँगै बिछोडी हिडियो घरका तिर
।१०।

लेखक चराविद् तथा नेपाल पंक्षी संरक्षण संघका संरक्षक हुन् ।

सानो निलताभा, फोटोः मनशान्त घिमिरे