मर्दी हिमाल ट्रेकिङ्ग रुटका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुलाई स्वास्थ सुरक्षा सचेतना तालिम सम्पन्न

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ साउन । विश्वब्यापी महामारी कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिका कारण नेपाल सरकारले गरेको बन्दाबन्दी चार महिना लामो समयपछि क्रमशः खुकुलो हुँदैछ। यही साउन १५ गतेबाट बिशेष सुरक्षा सतर्कता अपनाएर होटल, रेस्टुरेन्ट , ट्राभल तथा ट्रेकिङ्ग अफिस खोल्नपाउने सरकारी निर्णय आइसकेको छ। त्यसैगरी भदौ १ गते देखि हवाई सेवा तथा लामोदुरिको बससेवा समेत संचालन हुने तयारीमा छन।

प्रशिक्षार्थीहरु, फोटो: मर्दी न्युज

त्यसै परिवेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको सुन्दर पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रा मार्गका होटेल तथा रेस्टुरेन्ट ब्यबसायी हरुलाई कोभिड–१९ को संक्रमणबाट जोगिदै सुरक्षीत रूपमा ब्यबसाय सन्चालन गर्नको लागी स्वास्थ्य सुरक्षा सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

फोटो: मर्दी न्युज

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सहयोग र मर्दी ट्रेक पर्यटन ब्यबस्थापन तथा ब्यबसाय समितिको आयोजनामा गरिएको प्रशिक्षण कार्यक्रम नेपाल पर्यटन बोर्डको सभाहल ड्यामसाइडमा गरिएको थियो।

नेपाल सरकारले तयारगरेको हेल्थ प्रोटोकल साथै स्वास्थ सुरक्षा सम्बन्धिको महत्त्वपूर्ण जानकारी ईन्टरनेशनल मेडिकेयर असिस्टेन्स सेन्टर, जरेवर लेकसाइडका डा. मुकेश मल्लिक र उहाँको टिमले दिनुभएको थियो। सो अबसरमा घरेलु तहमै स्यानिटाइजर बनाउने तरिकापनि सिकाइएको थियो।


समितिमा आबद्ध ४० जना ब्यबसायिहरु यो प्रशिक्षण बाट लाभान्वित भएको अध्यक्ष पुर्णबहादुर गुरुङले बताउनुभयो।

स्यानिटाइजर बनाउन सिकाउँदै प्रशिक्षक, फोटो: मर्दी न्यूज

मर्दी हिमाल पर्यटन मार्गलाई प्रचारप्रसार गरि प्रबर्द्धनमा ल्याउन महत्त्वपूर्ण टेवा पुर्याउनुभएका वरिष्ठ पथ–प्रदर्शक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे र नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मालाई मायाको चिनो प्रदानगरि सम्मानित गरेर कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रशिक्षार्थीहरु, फोटो: मर्दी न्युज