Wed. Aug 5th, 2020

टोकियोमा तीब्र संक्रमित

सन थापा
जापान । राजधानी टोकियोमा कोरोना संक्रमित तीब्र रुपमा वृद्धि भएको छ । शनिबार टोकियोमा हालसम्मकै उच्च ४ सय ७२ जना थपिदै जम्मा १३ हजार १ सय ६३ जना संक्रमित भएका छन् । यो कूल संक्रमितको एक तिहाई भन्दा बढी हो, यहाँ शुक्रवार १ हजार ५ सय ५७ जना संक्रमित भएका थिए ।

सञ्चारमाध्यम एनएचकेले साँझ ८ः३० बजेसम्मको अपडेटअनुसार जापानभर १ हजार ५ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या ३८ हजार ६ सय ३७ जना पुगेको छ । जसमध्ये १ हजार २४ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ८८ निको भएका छन् । गम्भीर बिरामी रहेका ८७ जना उपचाररत छन् ।

बढी संक्रमित ९ प्रान्तहरू
शनिबार ओसाकामा १ सय ९५, खानागावामा ५८, साइतामा ७४,फुकुओकामा १ सय २१, आईचीमा १ सय ८१, चिवामा ७३, होक्काइदोमा १८, ह्योगोमा ३२ र क्योतोमा २२ जना संक्रमित थपिएका छन् ।

हालसम्म ओसाकामा ४ हजार २ सय ५२,खानागावामा २ हजार ५ सय ४१, साइतामामा २ हजार ३ सय ८४, फुकुओकामा २ हजार ४७, आईचीमा १ हजार ९ सय ८६, चिवामा १ हजार ६७ सय १९, होक्काइदोमा १ हजार ४ सय ४६, ह्योगोमा १ हजार २ सय ४२, क्योतोमा ८ सय ९ जना संक्रमित भएका छन् ।

Leave a Reply