Wed. Aug 5th, 2020

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७७ लाख

पोखरा, १८ साउन । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख ६७ हजार ६२२ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ४६ लाख १७ हजार ७२८ पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या २७ लाख ७ हजार ८७७ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा १६ लाख ९५ हजार ९८८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ८२ हजार ९३१ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ५४ हजार ३२० जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ९३ हजार ५६३ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोनाको उपचार भई घर फर्किनेको संख्या १ करोड ४ लाख ८६ हजार ६६५ जना रहेको छ ।

Leave a Reply