Wed. Aug 5th, 2020

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

पोखरा, १८ साउन । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार पछिल्लोपटक जारी गरेको विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य प्रदेशका कोरोना परिक्षण गर्ने निकायबाट ढिलागरि प्राप्त भएका प्रतिबेदनका आधारमा थप भएका १९ जनाको संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ४ जना रहेका छन । प्रतिवेदन गर्न छुट भएका १५ जनामा बागलुङका २ जना, नवलपुरका ९ जना, गोरखाका २ र तनहुँका २ रहेको प्रदेश निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १५२४ पुगेको छ । कास्कीका संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ भने अरु जिल्लाबाट प्रतिबेदन गर्न छुट भएका १५ जनाको ब्यबस्थापन भैसकेको निर्देशनालयले जनाएको छ । आजै आइतबार बिहान प्रदेशमा २० जना नयाँ संक्रमित पुष्टि भएको थियो ।

प्रदेशमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १३०४ पुगेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply