Wed. Aug 5th, 2020

गण्डकीमा कोरोना जितेर पाँचजना डिस्चार्ज

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । कोरोना जितेका उनीहरु आइतबार अस्पतालबाट घर फर्केका हुन ।

संक्रमण पछि परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आइतबार उनीहरुलाई डिस्चार्ज गरेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले जानकारी दिए ।

साउन १५ गते आइसोलेसनमा भर्ना भई आज डिस्चार्ज हुनेमा पोखरा महानगरपालिका २५ का २२ र ३१ वर्षीय पुरुष, पोखरा २७ कै ४० वर्षीय पुरुष, धोयोनी ५ पर्साका २७ वर्षका पुरुष र गौशाला ९ महोत्तरीका २८ वर्षीय पुरुष रहेका छन् ।

Leave a Reply