फोटोमा दुधपोखरी यात्रालाई नियाल्दा

लमजुङ जिल्लाको पश्चिम उत्तर दिशामा अबस्थित प्रशिद्ध धार्मिक तथा रमणिय पर्यटकीय तिर्थस्थल दुधपोखरीको विशेष महत्व छ । मस्याङ्दी गाउँपालिकामा रहेको यस पवित्रस्थलमा श्रावण पूर्णिमा (जनै पूर्णिमा) मा मेला लाग्ने गर्दछ । छिमेकी गाउँपालिका क्होंलासोथर तथा मादी लगायत लमजुङ र कास्कीका विभिन्न स्थानहरुवाट नुन लिन, अन्य ब्यापारिक कामहरुको लागि मनाङ जिल्ला ओहोरदोहोर गर्नको लागि नामुन भञ्ज्याङ हुँदै जाने प्राचिन पदमार्ग पनि यहि क्षेत्रमा पर्दछ । किबंदन्ती अनुसार युवा युवतीहरु दुधपोखरीको यात्रा सफलता पूर्वक पुरा गरी घरमा फर्किए भने परिपक्व भएको मानिन्छ ।
तस्बिरहरु गंगा बहादुर घले, मर्दि न्यूज ।









