Thu. Oct 22nd, 2020

विश्व फोटोग्राफी दिवसको सन्दर्भमा फोटोग्राफीको इतिहास

विश्व फोटोग्राफी दिवश किन नमाउने आजको यो सोसियल मिडियाको जमानामा जो कोही पनि फोटोग्राफर बनि रहेको अवस्थामा हामी छौं । कल्पना गर्नुहोस् यदि हामीसँग फोटो खिच्ने प्रविधिको विकास नहुँदो भने आजको सोसियल मिडिया नै हुने थिएन ।

हरेक वर्ष अगस्ट १९ को दिनलाई विश्व भरका फोटोग्राफरहरुले विश्व फोटोग्राफी दिवशको रुपमा मनाउँदै आईरहेको सबैलाई अवगत भएको विषय हो तर आजको जमानामा जो कोहीको पनि हातमा मोबाइल फोन हुन्छ र सबै जनाले मोबाइल फोनले भएपनि फोटो खिच्छन् । यसको मतलब जो कोही पनि फोटोग्राफर बन्न सक्छन् चाहे त्यो पेशेवर होस् या सौखिनको रुपमा यसरी फोटो खिच्ने, छाप्ने र सोसियल मिडियामा पोष्ट तथा सेयर गर्न सक्ने प्रविधिको विकास हुनुमा सयौं वर्ष विभिन्न समय र स्थानमा अनुसन्धानकर्ताहरुले ठूलो मेहनत र परिश्रम खर्चेको एउटा सिङ्गो इतिहास छ । त्यो हो फोटोग्राफी प्रविधिको इतिहास आउनुहोस् आज सयौं वर्षको अनुसन्धानबाट बनेको यो इतिहास बारे छोटकरीमा चर्चा गरौं ।

फोटोग्राफीको इतिहासलाई कोट्याउने हो भने हामी सबैभन्दा पहिला प्राचिन ग्रिकको सभ्यतासँग जोडिनु आवश्यक छ । ग्रिक भाषामा फोटोको अर्थ प्रकास र ग्राफीको अर्थ चित्र हुन्छ । यसरी फोटोग्राफी शब्दको उत्पत्ति भएको हामी पाउँछौं ।

प्राचिन ग्रिसमा प्लेटोको पालामा पिन होल क्यामराको अनुसन्धान भइसकेको थियो तर पूर्ण रुपमा फोटोग्राफीको प्रविधिको विकास भएको थिएन । यसरी नै सयौं वर्ष प्राचिन ग्रिस र चाइनामा यसको अनुसन्धन चलिरह्यो । त्यही समयमा सारा यूरोपमा एउटा औद्योगिक क्रान्ति चलिरहेको थियो ।

१५ औं शताब्दीमा आएर Camera Obscura को विकास भइसकेको थियो । १५५३ मा जियो बानि ब्राटीस्टा डेलापोर्काले पहिलो पटक Camera Obscura चलाएको तथ्य हामीले इतिहासमा पाउँछौ । जसमा तामाको प्लेटको प्रयोग भएको तर कुनै केमिकल नभएको र उक्त प्लेटमा बसेको छायाँमा पुनः चित्र कोरेर केही छायाँ चित्र बनाएको तथ्य आज पनि ब्रिटिश लाइब्रेरी (साइन्स एण्ड टेक्नोलोजी) मा सुरक्षित छ । यसरी फोटोग्राफीको शुरुवात भयो तर यो प्रविधि दिगो भएन । छायाँ चित्रमाथि पछि चित्र कोरिएन भने छायाँ उडेर जाने भयो यसरी नै सारा यूरोप भरि यो छायाँलाई दिगो अथवा स्थायी (Permanent) राख्ने थुप्रै प्रयासहरु भए यसमा केही हदसम्म Thomas Wiedwood ले केही सफलता पायो तर त्यो प्रयाप्त थिएन । धेरै दिन टिकेन घामको प्रकाशमा राखेपछि केही समयमै उड्न थाल्यो । यसपछि सारा यूरोपमा एक किसिमको क्रान्ति नै आयो कि उक्त चित्रलाई कसरी स्थायी (Permanent) बनाउन अनगिन्ती अनुसन्धान चलिरह्यो ।

फ्रान्सका Joseph Neipce ले १८२४ क्यामरा अव्सक्यूरा (Camera Obscura) बाट संसारको पहिलो Permanent Photo खिचे घरको झ्यालबाट बाहिरको Landscape Photo खिचियो तर त्यो प्रविधि अति नै लामो थियो उक्त फोटो खिच्नको लागि ८ घण्टा सम्म फोटो Expose गर्नुपर्ने प्रविधि थियो । जुन प्रविधिको नाम आज Heliography को नामले चिनिन्छ । जसमाSilver Salt को प्रयोग भएको पाइन्छ ।

1829 मा Louis Jacques Mande Daguerre ले फोटो खिच्ने प्रविधिको विकास भएको देखेर Joseph Niepce सँग मिलेर उक्त प्रविधिको अनुसन्धान गर्न थाले सन् १८३३ मा Joseph Niepce को मृत्यु पश्चात Joseph Niepce को Heliography प्रविधिको आधारमा थप अनुसन्धान गर्न थाले । सन् १८३९ मा Heliography Technology भन्दा छिटो फोटो खिच्ने प्रविधिको विकास गरे जुन समय र प्रकाशको अवस्था हेरी ७ मिनेट देखि आधा घण्टा सम्म Expose गर्ने प्रविधिको विकास गरे जुन प्रविधिलाई आज Daguerreotype को नामले चिनिन्छ । जसमा Silver Nytrat र Silver Salt को प्रयोग भएको पाईन्छ ।

यसरी फ्रान्सबाट विश्वमा पहिलो पटक Permanent Photo खिच्ने प्रविधिको विकास भयो । यही दिनको सम्झनामा फ्रान्स सरकारले Joseph Niepce र Louis Daguerreo को सम्झनामा 19th August को दिन World Photography Day मनाउन थालेको बुझिन्छ ।

संयुक्त राष्ट्र संघले अहिलेसम्म पनि विश्व फोटोग्राफी दिवसको घोषणा नगरेता पनि विश्वभरका Photographer हरूले 19th August लाई फोटोग्राफी दिवसको रूपमा मनाइएको पाइन्छ ।

फोटोग्राफीको इतिहासमा सन् १८२४ मा एउटा फोटो खिच्न ८ घण्टा लाग्थ्यो भने सन् २००९ सम्ममा १ सेकेण्डमा ८ वटा फोटो खिच्ने क्यामराको विकास गरिसकेका थिए भने आज मोबाइलबाट १ सेकेण्डमा २७ वटा सम्म फोटो खिच्न सक्ने प्रविधिको विकास भैसक्यो तर यो सबै प्रविधिको जन्मदाता फ्रान्सका Joseph Neipce र Louis Daguerreo को सम्झनामा हामी आज World Photography day मनाउँछौं ।

यसरी भनि राख्दा हामीले ति दुई जन्मदातालाई मात्र होइन प्रविधिमा यसपछि फोटोग्राफी प्रविधिमा अनगिन्ती अनुसन्धानहरु भए र अझै हुँदैछ ।

यसरी नै विस्तारमा छोटो इतिहासलाई हामीले सम्झने हो भने फोटोको प्लेट Negative पहिलो पटक सन् १८४० मा बेलायतका साइन्टिस्ट Henry Fox Talbot ले आविष्कार गरेको पाइन्छ । त्यसरी नै बेलायतका Jhon Hersdrel पहिलोपटक Glass negative को आविष्कार गरे जुन प्रविधिमा Silver Bormaid र Hyposulphite प्रयोग गरे लगत्तै त्यसपछि फोटोग्राफीमा Colotype फोटोग्राफीको विकास भएको पाइन्छ ।

1850 ताका मोबाइल फोटो बुध अर्थात घुमन्टे फोटो स्टुडियोको विकास भयो । जब Glass Negative प्रविधिको विकाससँगै संसार भर फोटो स्टुडियो खोल्न शुरु भएको इतिहास पाइन्छ भने सन् १८५० ताका घुमन्ते फोटोग्राफर र घुमन्ते स्टुडियोको प्रचलन बढ्न थाल्यो साथै सर्व साधारण जनताहरुले फोटो खिच्ने प्रचलन बढ्दै गयो तर पनि तत्कालीन समयमा फोटो खिच्नु भनेको अत्ति महंगो थियो । धनी मानी जनता, राजा रजौटा र राजनीतिज्ञहरुको मात्र पहुँचमा थियो ।

Glass Plate Negative चलाउन फोटोग्राफरलाई त्यत्ति सजिलो थिएन । फोटोग्राफरले Glass Plate मा आफैले केमिकलको लेप लगाएर Negative तयार पार्नु पर्दथ्यो र फोटो खिचेपछि पुन Negative Process गरेर मात्र Negative तयार गरिन्थ्यो ।

यसरी नै बेलायतका Sir John Hersdel 1855 मा श्याम श्वेत (Black & White) फोटोग्राफीलाई रंगीत बनाउने प्रयासहरु भएको पाइन्छ । श्याम श्वेत फोटोग्राफी गर्ने क्रममा रातो, निलो, पहेलो (R.G.B) फिल्टर लगाएर रंगीन फोटो निकाल्ने प्रयास भयो तर रंगीन सोचे जस्तो भएन 1861 मा रंगीन फोटो खिच्न प्रविधिको विकासक्रममा कलर रिवनको प्रयोग भएको पाइन्छ तर यो प्रविधि समय अनुसार अत्यधिक महङ्गो र सर्वसाधारण पहुँच बाहिरको थियो ।

1871 मा Richard Leach Maddox ले Gelatin dry plate को विकास गरेपछि प्रविधिमा सहजता आउन थाल्यो । फोटो ग्राफरले Wet Plate wet glass plate negative बनाउनु नपर्ने भयो यसपछि फोटोग्राफीको इतिहासमा एउटा क्रान्ति आएको देखिन्छ । Glass plate negative 2×2″ – 2×3″ – 2×4″ – 4×6″– 5 × 7″ – 6 ×8″ – 8 × 10″ इन्चका Glass negatives को आविष्कार त्यसपछि फोटोग्राफीको इतिहासमा Frame Rate को प्रविधिको विकास भएको पाइन्छ । यो प्रविधिलाई Full Frame Photograhy भनियो जुन डिजिटल प्रविधिले आज मिति सम्म बनाउन सकेको छैन ।

यसपछि फोटोग्राफीको इतिहासमा बेलायतबाट सन् 1888 George Eastman ले Kodak Company को स्थापना ग¥यो । Eastman को यस्तो प्रविधिका साथ प्रस्तुत भयो कि त्यसपछि फोटोग्राफी प्रविधिमा काया पलट गरिदियो । Silver Bromide र Hiposulphit Chemicals को प्रयोग गर्दै Plastic को Negative को आविष्कार भयो साथै Kodak Company ले Large Format को प्रविधिलाई Medium Format का Cameraको उत्पादन गर्यो जसलाई TLR Box Cameraको नामले चिनिन्छ ।

यसरी Kodak ले TLR Box Brownie क्यामराको उत्पादनपछि विश्वभरि फोटोग्राफी सस्तो र हरेकको पहुँचमा हुन पुग्यो । Kodak कम्पनीको नामले संसारमा राज गर्न थाल्यो ।”You press the Button we do the rest” यो शब्दले संसारमा तहल्का मच्चायो अब फोटो खिच्ने काम मात्र गरे भयो । Kodak कम्पनीले त्यसको Process र Prints गर्नु थालेपछि विश्वभरी Photo Lab को शुरुवात भएको इतिहासमा पाइन्छ ।

यसरी नै संसारभर प्रविधिमा नयाँ–नयाँ आविष्कार हुँदै गयो । १९१७ मा जर्मनी वैज्ञानिकSir Oskar Barnack ले पहिलो 35mm को Camera Laica 1 को आविष्कार गरे । जर्मनी 35mm को Laica Camera अत्ति महंगो भएको कारण यसको Copy Asia मा पहिलो पटक जापानले शुरुवात ग¥यो । 1917 मा स्थापना भएको Optical Company Nippon Company ले Liaca को Copy 1948 मा निर्माण गरेको इतिहासमा पाइन्छ । उक्त Nippon कम्पनीको नाम बेला बेला परिवर्तन हुँदै– Nikkor र पछि Nikon भएको इतिहासमा पाइन्छ । Nippon को साथ साथै अर्को Company  Kwanon को जन्मको ठिक ५ वर्ष पछि भएको पाइन्छ । जुन पछि गएर Kwanon को नाम परिवर्तन भएर Canon भएको इतिहास पाईन्छ ।

इतिहासको पानामा पहिलो पटक Digital Imageको अवधारणा 1957 Kodak कम्पनीले आविष्कार गरेको पाइन्छ भने संसारमै पहिलो Digital Camera Kodak कम्पनीका इन्जिनियर Sir Steve Sasson ले 1975 मा बनाएका थिए भने क्यामरा 3 k.g. 600 gram को र 1.3 megapixel को थियो Kodak कम्पनीले पहिलो Digital Camera को आविष्कार गरे तापनि यो अत्यन्तै भारी र महङ्गो थियो । इतिहासमा रेकर्ड भए अनुसार तत्कालीन समयम उक्त क्यामराको मूल्य रु. १३ हजार डलर जुन आजको मूल्याङकनमा नेपाली मूल्य १३ लाख रुपैयाँ पर्दथ्यो ।

1990 मा Nikon Company ले पहिलो DSLR बनाए तथा Point and short Camera बनाउन थाल्यो । सँगसँगै Canon ले आफ्नो DSLR बनाउन थाल्यो । यी दुवै Nikon र Canon कम्पनीको इतिहासलाई हेर्दा महंगो जर्मनी Laica को प्रविधिलाई Nikon र Canon Company ले सस्तो मुल्यको क्यामरा बनाएर आफ्नो व्यापारको सुरुवात गरेको पाइन्छ भने यी दुवै Nikon र Canon कम्पनी आज विश्व विख्यात कम्पनीको रुपमा स्थापित भैसकेको देखिन्छ ।

त्यसरी नै Digital Technology लाई सन् २००२ मा पहिलो पटक मोबाइलमा फोटो खिच्न मिल्ने प्रविधिको विकास Nokia Company (Nokia 7650) ले गरेको पाइन्छ भने यसमा केही बिवाद पनि रहेको पाइन्छ जापानले सन् २००० को नाेभेम्बरमा क्यामारा वाला मोवाइल फोन Sharp J-SH04 का उत्पादन गरिसकेको इतिहासमा पाइन्छ । तर यो मोवाइल केवल जापानमा मात्र चल्ने थियो तर Nokia को बिश्वभरी चलनमा आयको कारण यस्तो भयको हो ।
यसरी मोवाइलमा क्यामरा आएपछी सर्ब सधारणको हात हातमा मोवाइल क्यामराको पहुच पछि फेरी फोटोग्राफीमा एउटा नया मोड् लिएको पाइन्छ ।

यसरी Photography History मा Mobile Phone Photography को सुरुवात भएको हामी पाउँछौं ।

आज प्रविधिको विकासले ८ घण्टामा खिच्ने फोटो १ सेकेन्डमा खिच्न सकिने भयो महिनौ कुर्नु पर्ने फोटो सेकेण्ड मै देख्न पाउन र पठाउन सम्भव भयो । यसरी फोटोग्राफी प्रविधिको विकासमा विभिन्न समयमा साइन्टिस्टहरुले वर्षौसम्म गरेको अनुसन्धानलाई छोटकरीमा लेख्नुपर्दा धेरै अनुसन्धानहरु विस्तृत रुपमा वर्णन गर्न सकिँदैन मुख्य अनुसन्धानलाई मात्र समेटेर लेखिएको यो लेख अवश्य अपूरा छ तर विश्व फोटो ग्राफी दिवसको अवसरमा सम्पूर्ण साइन्टिस्ट र अनुसन्धानकर्ताहरुलाई स्मरण गर्दै, सम्पूर्णमा विश्व फोटोग्राफी दिवसको अवसरमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

1 thought on “विश्व फोटोग्राफी दिवसको सन्दर्भमा फोटोग्राफीको इतिहास

  1. भक्त सर ले तयार पार्नु भएको यो लेख ले बिश्व फोटोग्राफी दिवस र फोटोग्राफी को सुरुवात र यसको तीब्र बिकाश मा बैज्ञानिक हरू ले गरेको योगदान लाई स्मरण गराउनु भएको छ यो सबै फोटोग्राफर हरू ले अध्ययन गर्नु पर्ने बिषय हो ।
    धन्यबाद भक्त सर हजूर को लेख ले धेरै कुरा उजागर गरेको छ यसैले हामि फ़ोटोग्राफ़र लाई ठुलो शिक्षा मिलेको छ ।

Leave a Reply