Thu. Oct 22nd, 2020

प्रकृतिवादी चित्रकार महेन्द्रप्रसाद राजभण्डारी

पोखराले धेरै कलाकारहरू जन्माईसकेका छन । पोखराका धेरै स्थापित कलाकारहरूमध्ये एक हुन महेन्द्रप्रसाद राजभण्डारी । उनका सबै पेन्टिङ्गहरू शुद्ध मौलिकपन छन । धेरै भन्दा धेरै कलाकारहरू पनि उनका पेन्टिङ्ग देखेपछि मन्त्रमुग्ध नहुने सायद कमै होला । उनको रंग संयोजन, स्केच, ड्रोइङ्ग र कम्पोजिसन धेरै उत्कृष्ट छ । मुख्य त कलामा मौलिकपन हुनु आवश्यक हुन्छ । तब मात्र कलामा सुन्दरता आउछ । यी सबै गुण उनको कलामा देखिन्छ । उनका पेन्टिङ्गहरू गहिएिर हेरिराख्नु पर्छ एउटा छुटै आनन्दको अनुभुति हुन्छ ।

चित्रकार महेन्द्रप्रसाद राजभण्डारी

उनको पेन्टिङ्गमा गाडा रंग अर्थात रातो, खैरो, प्याजी र पहेंलो सुन्तला रंगको संयोजनको मिठास पाईन्छ । काम पनि आनन्दसंग मन्त्रमुग्ध भएर गर्छन् उनी । उनको बोलिचालि र शिष्टता आँखामा नबिझाउने स्वभावको छ । त्यसैले उनलाई सबै कलाकारहरूले मनपराउँछन ।

विशेष त उनी पानी रंगका पेन्टिङ्गहरू धेरै बनाउँछन । पानी रंगमा सिर्जित उनका पेन्टिङ्गहरू सुन्दर माछापच्ुछ्रेदेखि पोखराका खोला, खोच, भीर र जनजीवन, सिर्जित छन । कुनै बेला उनले आफनै निवासमा एम आर्ट ग्यालरी (पोखरा, नांगढुङ्गा)मा खोलेका थिए । उनको मुख्य विशेषता भनेको धेरै सोच्ने, अध्ययन गर्ने अनि मात्र पेन्टिङ्ग गर्ने उनको बानि छ । पछिल्लो समय एक्रेलिक माध्यममा पनि नेपाली संस्कृति झल्कने घाँटु, सोरठ्ठी नृत्यसम्बन्धी पेन्टिङ्गहरू बनाएका छन ।
सायद २०३७÷३८ सालमा पोखरामा यूवा कलाकारहरूको एउटा समूह थियो । उक्त समुहमा उनको पनि सक्रिय रहन्थ्यो । आज पर्यन्त पनि उनी धेरै जसो कलाकार्यशाला, प्रदर्शनीहरूमा सहभागिता हुदै आएका छन । अहिले चाहि खै किन हो कुन्नि कला सााधनामा त्यति तल्लिन देखिदैनन उनी ।

उनी सानै उमेर देखि नै प्रतिभाशाली हुन । २०३८ सालमा मावि स्तरिय राष्ट्रव्यापी चित्रकला प्रतियोगितामा हिमालय विद्या मन्दिर काठमाडौंमा उनी प्रथम भएको थियो भने जयन्ती यूवा क्लब रामकोट काठमाडौंद्वारा आयोजित राष्ट्रियस्तरको तत्स्थानीय चित्र प्रतियोगितामा सान्त्वाना स्थान प्राप्त गरेका थिए । त्यस्तै अन्य सियोल कोरिया गुडवर्क पुरस्कार, सिल्भर मेडल अन्तराष्ट्रिय प्रतियोगिता ईण्डिया, युनिसेफ काठमाडौं विशेष पुरस्कार लगायत दर्जनभन्दा बढी पुरस्कारहरू प्राप्त गरेका छन् ।

उनको संस्थागत सहभागिता सृजनशील कलाकार समुह कास्की हुन । उनी त्यस संस्थाको पूर्व सचिव हुन । २०४० सालमा नागवेली यूवा परिवार नागढुगांको आयोजनामा तत्स्थानिय कला भ्रमणमा उनको सहभागिता थियो भने पोखरेली यूवा सांस्कृतिक परिवारको आयोजनामा हुने ग्रामीण कला भ्रमणमा पनि उनको सहभागिता थियो । खेलकुदमा पनि शसक्त उनी त्यसबेलाका प्रतिभाशालि खेलाडी हुन । २०४० ताका उनी गण्डकस्तरीय ज्याम्नेस्टिक खेलका श्रेष्ठ खेलाडी थिए । तर उनी मोटरसाईकल दुर्घटना भएपछि खेल जीवनबाट टाढा हुन बाध्य प¥यो । वि सं २०२३ सालमा बुबा मथुराप्रसाद राजभण्डारी र आमा सुकमाया राजभण्डारीको कोखबाट माईला छोराको रूपमा पोखरामा उनको जन्म भएको हो । श्रीमती, दुई छोरीसहित नागढुङ्गा पोखरा ९ मा बस्दै आएका छन् ।

उनको कलालाई माया गर्नेहरुले अझै नयाँ सिर्जना खोजिरहेका छन् । हामीलाई आशा छ धेरै भन्दा धेरै कला सिर्जना उनले गर्नेछ । आगामी दिनहरूमा धेरै सफलता मिल्दै जाओस हार्दिक शुभकामना ।

चित्रकार राजभण्डारी दायाँबाट पहिलो

Leave a Reply