गण्डकी प्रदेशमा आज ९० जना संक्रमित थपिए, संक्रमित संख्या २८ सय २० पुग्यो

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार साँझ ५ः४५ बजेसम्म ७ जिल्लाका ९० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ४६, तनहुँका १४, कास्कीका १३, गोरखाका ८, लमजुङका ५, स्याङ्जा र पर्वतका २÷२ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय २० पुगेको छ ।

संक्रमितमध्ये १८ सय ४९ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।



Tags: