Thu. Oct 22nd, 2020

६ महिना पछि पोखरामा डुंगा सञ्चालन, अझै पनि छैन डुङ्गा सयर गर्नेहरु

पोखरा, १० असोज । पोखरा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुने ठाउँ हो तर कोरोनाका कारण जारी गरेको बन्दाबन्दी खुलेपनि पोखराका लेकसाइड क्षेत्र अझै सुनसान छ । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आए पनि डुङ्गामा यात्रा गर्नेहरु अति न्यून मात्रामा छन् । ।

लकडाउन/निषेधाज्ञाका कारण लामो समयदेखि बन्द डुङ्ग असोज २ गतेबाट सञ्चालनमा आएको हो ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको यस व्यवसाय अझै चहलपहल हुन सकेको भने छैन । सरकारले अझै पनि मठमन्दिरहरु खोल्न अनुमति नदिएकालै पनि फेवातालको बीचमा रहेको बाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरु जान सकिरहेका छैनन ।

डुङ्गामा शयर गर्नेहरु अति न्यून मात्रामा छन् । केहीले मन्दिरलाई घुमेर मात्र फर्किएको डुङ्गा व्यवसायीहरुले बताए ।

सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

विदाको दिन आज शनिवार पनि डुङ्गा चढ्नेहरु नगन्य रहेको एक व्यवसायीले बताए । उनका अनुसार शनिवार दिउँसो २ बजेसम्म जम्मा ४८ जनाले मात्रा डुङ्गामा सवार गरेका छन् । फेवातालमा डुङ्गामा यात्रा गर्न बिहान ६ बजेदेखि सुरु हुने गर्छन् ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको अध्यक्ष नेपालीले बताए । लामो समयदेखि बन्द रहेको डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताएका छन् ।

Leave a Reply