Thu. Oct 22nd, 2020

पोखरामा विश्व पर्यटन दिवस विशेष कार्यक्रम गरि मनाइयो

पोखरा, ११ असोज । सेप्टेम्बर २७ तारीख ( असोज ११ गते) का दिनलाई विश्व पर्यटन दिवसका रूपमा संसारभर मनाइन्छ। नेपालमा पनि बिगतका बर्षहरु मा पर्यटकहरु को स्वागत लगायत बिबिध कार्यक्रमहरु गरि हर्षोल्लास पुर्वक मनाइन्थ्यो।


यो बर्ष भने कोरोनाको विश्वब्यापी महामारीका कारण धेरैजसो कार्यक्रम भर्चुअल ( जुम वेबिनार, गुगल मिट इत्यादि ) भैरहेको परिप्रेक्ष्यमा पोखरामा भने अलि पृथक तरिकाले मनाइयो।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ( टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा ” फेवातालको फेरो/ परिक्रमा पैदलमार्ग अध्धयन यात्रा” सम्पन्न गरिएको छ।


पोखराको पार्दी, ड्यामसाइड स्थित प्रस्तावित झन्डा पार्क अर्थात माछापुच्छ्रे प्रतिबिम्ब पार्कमा बिहान १०:०० बजे परिचयात्मक कार्यक्रम गरि सुरुभएको उक्त कार्यक्रममा पोखरामा कृयाशिल सम्पुर्ण पर्यटन संबद्द संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाल पर्यटन बोर्डका सदस्य बिप्लब पौडेल, पुर्व सदस्यहरु, मजदुर संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, पोखरा महानगरपालिका का मेयर मानबहादुर जिसि, वडा नं. ६, १७ र २२ का वडा अध्यक्षहरु, प्रदेश सभासद राजिब पहारी, पोखरामा कार्यरत तथा कृयाशिल पत्रकारहरुको उपस्थिति थियो।


सम्पूर्ण सहभागीहरु ठुलोखाले डुङ्गा ( प्याडल बोट) मा चढेर फेवा किनारको प्रस्तावित पैदलमार्गको अध्धयन गर्दै मेवाखोला भन्ने रमणीय स्थलमा पुगेका थिए। मेवाखोलामा औपचारिक कार्यक्रम गरिएको थियो। कार्यक्रमको महत्त्व तथा औचित्य बारेमा टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले प्रकाश पार्नुहुदैं पर्यटकहरुको बसाई लम्ब्याउन, दृष्यावलोकन स्थलहरुमा बिबिधता ल्याउन, फेवाताल लाई शान्त स्थानमा रहेर अबलोकन गर्न रानिबनको फेदिबाट बन्ने १४.२ किमि लामो पैदलमार्ग अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभयो।


प्रमुख बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि, गण्डकी प्रदेश सभाका सभासद राजिब पहारी, बिशिस्ट अतिथिको रूपमा आमन्त्रित गण्डकी प्रदेश सरकारका उद्योग,पर्यटन, बन तथा बाताबरण मन्त्री बिकाश लम्साल र प्रमुख अतिथिको रूपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुनुहुन्थ्यो।


सम्पूर्ण बक्ताहरुले बिश्व पर्यटन दिवसको शुभकामना दिदै पोखरा पर्यटनको राजधानी भएको, पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएको, फेवाताल देशको गहना भएको र आफुहरु फेवातालको संरक्षणको लागि लागिपरेको कुरा भन्न छुटाएनन।


प्रमुख अतिथिको मन्तव्य राख्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश पर्यटनको ठुलो संभावना भएको प्रदेश भएकोले गन्तव्यहरुको पहिचान र उचित बिकास गरिने बताउनुभयो। कोभिड-१९ को मारमा परेका ब्यबसायिहरुलाई राहतदिनको लागि सफ्ट लोन तथा पुनर्कर्जाको लागि रास्ट्र बैंकसंग पहल गरिएको बताउदै फेवातालको संदर्भमा भने सर्बोच्च अदालतको आदेश अनुसारहुने र यो विषयमा हालै आफुले प्रधानमन्त्री लाई भेटेको र प्रम पनि अति गंभिर भएको स्मरण गर्नुभयो।

कार्यक्रमको संचालन टान पश्चिमाञ्चल क्षेत्रीय संघका सचीव जिबनराज सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुशील राज पौडेलले दिनुभएको थियो। कार्यक्रमको औपचारिक समापन पस्चात सोही स्थानमा दिवाखाना को ब्यबस्था गरिएको थियो। फर्किने बेला चिसोपानी भन्ने स्थानको झरनाको अबलोकन र अध्धयन गरिएको थियो।

Leave a Reply