Thu. Oct 22nd, 2020

जापानमा आईतबार ४८५ जना संक्रमित, तीन जनाको मृत्यु

सन थापा, जापान ।
सेप्टेम्वर २७ । जापानमा आईतबार ४ सय ८५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म जापानभित्र संक्रमित भएका ८२ हजार २ सय ९९ र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ गरी कूल ८३ हजार ११ जना पुगेको छ ।

आज ईसिखावा, फुकुई र साईतामा प्रान्तमा एक(एक जना गरी तीन जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ सहित जापानभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ६३ जना पुगेको छ ।

संक्रमित मध्ये ५ हजार ४ सय ४६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ६० जनाको अवस्था गम्भीर रहेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना सहित ७५ हजार २ सय ६६ जना निको भएका छन् ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २५ हजार २ सय ५७, ओसाकामा १० हजार ४ सय ४३ खानागावामा ६ हजार ७ सय ३९, आईचीमा ५ हजार ३ सय दुई, फुकुओकामा ५ हजार २७
साईतामामा ४ हजार ५ सय ७९ जना पुगेको छ ।

त्यस्तै चिबामा ३ हजार ७ सय ९१, ह्योगोमा २ हजार ६ सय ७४, ओकिनावामा २ हजार ४ सय २७, होक्काईदोमा २ हजार ५८ र क्योतोमा १ हजार ७ सय ३१ जना पुगेको छ ।

Leave a Reply