Thu. Oct 22nd, 2020

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख

पोखरा, १२ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख ७७ हजार ५५६ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख १३ हजार ६८९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९२ हजार ५३२ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४७ लाख ३२ हजार ३०९ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ९ लाख ९६ हजार ३०९ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ७५० जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ४१ हजार ४०६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा ९४ हजार ५०३ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या २ करोड २८ लाख ३० हजार ३३१ जना रहेको छ ।

Leave a Reply