नेपालमा एकैदिन २१२० जनामा कोरोना संक्रमण, २०४४ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ३ सय २ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ६१ हजार ६ सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

शनिवारसम्म क्वारेन्टाइनमा ४ हजार २ सय ७३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ४४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६२ हजार ७ सय ४० रहेको प्रवक्ता डा गौतमले बताए ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: