Wed. Dec 2nd, 2020

नेपाल पर्यटन बोर्डले समेट्यो टिगान तथा निटोग लाई

पदयात्रा पर्यटक  सूचना ब्यबस्थापन प्रणाली (टिम्स) को संबन्धमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का बीच मिति २०७१ चैत ५ गते भएको समझदारी अनुसार पर्बतिय पर्यटन मजदुर कल्याणकारी कोषको ब्यबस्था गरेको थियो ।

कोरोना का कारण थलिएको पर्यटन ब्यबसाय तथा बेरोजगारीको जातोमा पिल्सिएका पर्यटन मजदुरहरु लाई ७ महिना लामो बन्दाबन्दि (पुर्ण वा आंशिक) को अबधिमा सरकारले कुनै ठोस योजना तथा कार्यक्रम ल्याएर सम्बोधन गर्न सकेन ।

बेलामौकामा मजदुर संगठनहरुले सामान्य सोधपुछ गरेपनि मजदुर कल्याणकारी कोषमा कति रकम छ र कसरी उपयोग भएको छ भन्नेबारेमा खासै चासो दिइएको थिएन ।

पछिल्लो समयमा भने पर्बतिय पर्यटन सम्बद्ध श्रमिकहरु, ट्रेड युनियन हरुको व्यापक चासो, खबरदारी तथा नेपाल पर्यटन बोर्डको कार्यालय मा तालाबन्दी सम्मका  कारण २०७७ असोज १४ गते पदयात्रा तथा पर्बतिय मजदुर कल्याणकारी कोष संचालन सुझाव समिति गठन भएको छ थियो ।

सुझाव समिति गठन हुनु स्वागतयोग्य कदम भएपनि सोही क्षेत्रमा   कार्यरत तर छुट्टाछुट्टै अस्तित्व भएका महत्त्वपूर्ण संघ/ संगठनहरु छुटेकोमा नेपाल पर्यटन बोर्डको आलोचना भएको थियो ।

नेपाल पर्यटन बोर्डका निर्देशक संयोजक रहेको उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , पर्यटन बिभाग , सामाजिक सुरक्षा कोष, नेपाल रास्ट्र बैंक , विभिन्न ट्रेड युनियनहरु र पर्यटन मजदुर संघर्ष समितिका अध्यक्ष सहितको १३ सदस्यीय सुझाव समिति बनेको थियो ।

उक्त समितिमा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान), एभरेस्ट समिटर्स एसोसिएसन, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ- निटोग, नेपाल माउन्टेन लिडर एसोसिएसन लाई  समेटेर १८ सदस्यीय समिति बनेको छ ।

उक्त समितिले नेपालका महत्त्वपूर्ण चाडवाड दशै तथा तिहार अगाडिनै कार्यबिधी बनाएर कोष संचालनमा ल्याउन सके बेरोजगारी बाट पीडित पर्यटन मजदुर तथा श्रमजीवीहरु लाई राहत पुग्ने देखिन्छ ।

1 thought on “नेपाल पर्यटन बोर्डले समेट्यो टिगान तथा निटोग लाई

Leave a Reply