विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ४६ हजार १८ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७८ लाख ५६ हजार ४२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १० लाख ८५ हजार १५ पुगेको छ ।



Tags: