Thu. Oct 22nd, 2020

बहराइनका राजकुमारले चढे मनास्लु हिमाल

वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

यसअघि लोबुचे हिमालको सफल आरोहण गरेका बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो ।कोभिड-१९ माहामारीको समयमा राजकुमार खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले सफल आरोहण गरेको जानकारी दिइन्।

राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेका थिए ।

१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ ।

मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ ।

Leave a Reply