Thu. Oct 22nd, 2020

नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रबर्द्धन तथा ब्रान्डिङ्ग रणनीति तर्जुमा कार्यशाला सम्पन्न

कोरोनाको बिश्वब्यापी महामारी बीचपनि पर्यटन ब्यबसाय लाई पुनर्जीवन दिने र तिनै तहका सरकारको आपसी तालमेल मिलाएर अगाडि बढ्न र रणनीति तर्जुमा गर्नको लागि आज एक कार्यशाला सम्पन्न भएको छ।

पोखरा महानगरपालिका को आयोजना तथा युके एडको सहयोग र पोखरा पर्यटन परिषद को संयोजनमा लेकसाइड स्थित स्विस इन्टरनेशनल होटल सरोवर मा उक्त कार्यक्रम भएको हो।
पोखरा महानगरपालिका का मेयर श्री मान बहादुर जिसिको सभापतित्व मा भएको उक्त कार्यक्रम का प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा जुम मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश भट्टराई जोडिनुभएको थियो भने गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री माननीय बिकाश लम्साल कार्यक्रममै उपस्थित हुनुभएको थियो। कार्यक्रममा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधि हरुको बाक्लो उपस्थिती थियो।

पोखरा महानगरपालिका का शहरी योजना आयोग उपाध्यक्ष श्री आर सि लामिछाने, पोखरा पर्यटन परिषदका पुर्ब अध्यक्ष तथा पाटा नेपाल च्याप्टर का सदस्य श्री टिकाराम सापकोटा ले सम्बन्धित क्षेत्रका समस्या, चुनौती र अबको बाटो बारेमा कार्यपत्र पेश गरेका थिए। श्रीकान्त शर्मा खतिवडाले सहजीकरण गरेको उक्त कार्यक्रम पोखरा महानगरपालिका का बाबुराम भण्डारीले गर्नुभएको थियो।

पर्यटन मन्त्री माननीय योगेश कुमार भट्टराईले जुम मार्फत मन्तव्य राख्दै निजामती कर्मचारीलाई देश दर्शन गर्न हप्तामा दुई दिन बिदा दिन लागिएको बताउनुभयो। कोरोनाका कारण नेपालले पर्यटन क्षेत्रमा मासिक १० अर्व घाटा परेको बताउनुभयो, व्यावसायि हरुलाई पुनर्कर्जाको ब्यबस्था सरल र पारदर्शी बनाइने पनि बताउनुभयो।गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय बिकाश लम्सालले यो प्रदेशमा पर्यटनका प्रचुर संभावना भएको बताउनुभयो । मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले मंसिरभित्र मा पुनर्कर्जा को काम सक्ने र अब गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको लागि खुल्ला गर्नुपर्ने बताउनुभयो।

पुर्व स्वास्थमन्त्री तथा संघिय सांसद खगराज अधिकारी, बिद्या भट्टराई ले जुम मार्फत कार्यक्रममा संबोधन गरेका थिए। सुदृढ परियोजनाका निति सल्लाहकार कृष्ण ज्ञवालीले पर्यटनका विभिन्न आयामहरु बारे बोल्नुभएको थियो।

Leave a Reply