Thu. Oct 22nd, 2020

जापानमा ७०८ संक्रमित थपिए, तीन जनाको मृत्यु

सन थापा,
जापान । जापानमा बिहीबार ७ सय आठजना कोरोना संक्रमित थपिएका छन् । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९२ हजार २ सय ३८ जना पुगेको छ । जसमा ९१ हजार ५ सय २६ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ६३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियोमा दुई र चिबा प्रान्तमा एकजना गरी तीन जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापानभित्र संक्रमित भएका मध्ये ८३ हजार ८ सय ३७ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८४ हजार ४ सय ९६ जना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ५४ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४६ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २८ हजार ४ सय २०, ओसाकामा ११ हजार ३ सय ६१, खानागावामा ७ हजार ७ सय ५७, आईचीमा ५ हजार ६ सय २७, साईतामामा ५ हजार २ सय ३१, फुकुओकामा ५ हजार १ सय ३० जना पुगेको छ l
त्यसैगरी चिबामा ४ हजार ४ सय १५, ह्योगोमा २ हजार ९ सय ६०, ओकिनावामा २ हजार ८ सय २६, होक्काईदोमा २ हजार ४ सय ६० र क्योतोमा १ हजार ९ सय सात जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ८४ जना र १६ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

Leave a Reply