Thu. Oct 22nd, 2020

जापानमा सक्रिय संक्रमित ७ हजार ७ सय ६९ जना, थप १५ जनाको मृत्यु

सन थापा,
जापान । अक्टोवर १६

जापानमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ६९ जना पुगेको छ भने थप १५ जनाको मृत्यु भएको छ । शुक्रबार ६ सय २४ जना कोरोना संक्रमित थपिए। जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९२ हजार ८ सय ७९ जना पुगेको छ । जसमध्ये ९२ हजार १ सय ६७ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी जापानभित्र संक्रमित भएका मध्ये ८४ हजार ४ सय ५४ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८५ हजार १ सय १० जना संक्रमित निको भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ७८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियोमा चार, ओकिनावामा तीन, ओसाकामा दुई, होक्काईदो, फुकुसीमा, साईतामा, खानागावा, चिबा र हिरोसीमा प्रान्तमा एक-एक जनाको मृत्यु भएको हो ।

एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार १ सय ८८ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २८ हजार ६ सय चार, ओसाकामा ११ हजार ४ सय १४, खानागावामा ७ हजार ८ सय ४२, आईचीमा ५ हजार ६ सय ४८, साईतामामा ५ हजार २ सय ८३, फुकुओकामा ५ हजार १ सय ३८ जना पुगेको छ l
त्यसैगरी चिबामा ४ हजार ४ सय ५८, ह्योगोमा २ हजार ९ सय ७९, ओकिनावामा २ हजार ८ सय ५१, होक्काईदोमा २ हजार ४ सय ९१ र क्योतोमा १ हजार ९ सय १४ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ८४ जना र १४ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

Leave a Reply