जापानमा शनिबार ६२४ जना संक्रमित थपिए, छ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जापानमा शनिबार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९३ हजार ५ सय जना पुगेको छ । जसमध्ये ९२ हजार ७ सय ८८ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ८४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।


पछिल्लो २४ घण्टामा टोकियोमा तीन, ओसाका, नागोना र ह्योगो प्रान्तमा एक-एक गरी छ जनाको मृत्यु भएको हो ।
जापानभित्र संक्रमित भएका मध्ये ८५ हजार ३० जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८५ हजार ६ सय ८९ जना संक्रमित निको भएका छन् ।


एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ३ सय ४६ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २८ हजार ३ सय नौ, ओसाकामा ११ हजार ४ सय ६४, खानागावामा ७ हजार ८ सय ९२, आईचीमा ५ हजार ६ सय ७६, साईतामामा ५ हजार ३ सय २८, फुकुओकामा ५ हजार १ सय ३९ जना पुगेको छ l
त्यसैगरी चिबामा ४ हजार ४ सय ९०, ह्योगोमा २ हजार ९ सय ९५, ओकिनावामा २ हजार ८ सय ८९,होक्काईदोमा २ हजार ५ सय १८ र क्योतोमा १ हजार ९ सय २२ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ३५ जना र १६ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।