गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६६० पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित


पोखरा । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको पछिल्लो परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २७ जनामा कोरोना पुष्टी भएको छ । जस अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६६० पुगेको छ ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठान गण्डकी प्रदेशको बिहानको प्रेस विज्ञप्ति अनुसार लमजुङका १, तनहूँका १, गोरखाका ३, कास्कीका १ र नवलपरासी पूर्वका १७ जना रहेका छन् ।

सबै संक्रमित कन्ट्राक्ट टे«सिङ वाट पहिचान भएका र सबै संक्रमितलाई सोहि अस्पतालमा आइसोलेसनमा राख्ने तयारी भई रहेको प्रबक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।