Wed. Dec 2nd, 2020

कलाकार तीर्थ निरौलाको भर्चुअल अनलाईन एकल चित्रकला प्रदर्शनी

मुलुक कोरोना महामारीको समस्याले आक्रान्त छ । मानिसहरू काम गर्न नपाएर आकुल ब्याकुल छन ।
हिडडुल गर्न सजिलो छैन । शिक्षा क्षेत्रमा पनि बन्दाबन्दी छ । यसको प्रभाव कला क्षेत्रमा पनि परेको छ । कला कार्यशाला, कला प्रदर्शनी आदि हुन सकेको छैन । कला दीर्घा अर्थात आर्ट ग्यालरीहरू पनि बन्दाबन्दीमा छ । कलाकारहरूको भेटघाट ठयाप्पै बन्द छ ।

त्यसैले अहिले कलाकारहरू अनलाईन भर्चुअलमार्फत आफनो एकल कला प्रदर्शनी गर्न थालेका छन ।

त्यस्तै एक जना कलाकार हुनुहुन्छ धरान निवासी यूवा कलाकार तीर्थ निरौला । जो काठमाण्डौंमा कर्म थलो बनाएर कलाकर्म गर्दै आउनु भएको छ । उहाँ पूर्णरूपमा अर्ध अर्मुतवादी चित्रकार हुन ।


कलाकार निरौला तीन दशकदेखि कला साधनामा निरन्तर काम गर्दै आउनु भएको छ । उहाँको पेन्टिङ्गमा फरक मौलिक विषेशता पाईन्छ । उहाँको चित्रमा नारी संवेदनशिलता, मानवता, धर्म संस्कृ,ति मुकुण्डो, भिखारी, प्रेम र गणेश आदी शीर्षकका पेन्टिङ्गहरू प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको पेन्टिङ्गमा प्रस्तुति र भाव पक्ष सारै सुन्दर छ । भगवान गणेश उनलाई मनपर्ने विषय हुन । गणेश फिगर पेन्टिङ्ग धेरै बनाई सक्नु भएको छ । उहाँको पेन्टिङ्गमा भावानात्मक, प्रतिकात्मक र संदेशमुलक छन । पेन्टिङ्गमा प्रयोगात्मक र टेक्सरयुक्त देखिन्छ । उनको चित्रमा विशेष त समसामयिक सन्दर्भ कोभिड १९ विषयमा आफनो भावना पोखनु भएको छ । उहाँको पेन्टिङ्ग हेर्दा मानिस साहसी बन्नुपर्छ, मानिसले डटेर हर समस्याहरूको सामना गर्नुपर्छ भन्ने सन्देश सजिलै बुज्न सकिन्छ ।

उहाँ एउटा कुशल कला समीक्षक पनि हुन । नेपाली समसामयिक कलाको क्षेत्रमा धेरै कलम चलाईसक्नु भएको छ ।

उहाँको यो कला प्रदर्शनी एघारौं पटक हो । यो भन्दा अगाडी स्वदेश र विदेशमा गरी एकल कला प्रदर्शनी उहँँले गरिसक्नु भएको छ । नेपालमा धेरै पटक सामुहिक कला प्रदर्शनीमा सहभागिता जनाई सक्नु भएको छ । उहाँले नेपाली समसामयिक कला सम्बन्धि लेख धेरै लेखि सक्नु भएको छ ।

भर्खरै उहाँको एकल कला प्रदर्शनी १० अक्टोबर २०२० मा एक ब्यक्ति भर्चुअल अनलाईन चित्रकला प्रदर्शनी सम्पन्न भयो । यो प्रदर्शनी क्लासिक आर्ट ग्यालरी ललितपुरले आयोजना गरेको हो । प्रदर्शनीलाई अधिकारिक युटयुब च्यानल, ईन्स्टग्राम, फेसबुक पेज लगायतको साईटहरूमा देख्न सकिन्छ । उहाँको कला अझ निखारिंदै जाओस् यही विजय दशमीको हार्दिक शुभकामना ।

Leave a Reply