Mon. Nov 30th, 2020

आज २८५६ जना संक्रमित, ३३३६ जना संक्रमण मुक्त

पोखरा, ९ कार्तिक । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतवारसम्म आइसोलेसनमा ४५ हजार ५ सय ७२ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ४५ हजार ५ सय ७२ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १३ लाख ९३ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतवारसम्म क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० रहेको प्रवक्ता डा. गौतमले बताए

Leave a Reply