Wed. Dec 2nd, 2020

सञ्चार प्रविधिमा सबल बन्दै मर्दि हिमाल पदमार्ग

फाईल तस्बिरः मनशान्त घिमिरे

पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा परेको मर्दि हिमाल पदयात्रा पदमार्गमा बर्षेनी हजारौं पर्यटक, भरिया, सहयोगीहरु तथा पथ प्रदर्शकहरु जाने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने यस पदमार्गमा वर्षेनी होटल तथा गेष्टहाउसहरु थपिने तथा स्तरोन्नती हुने क्रम पनि जारि छ ।

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरावाट नजिकैको गन्तब्य भएपनि मोवाइल तथा टेलिफोनको सुविधा भने यस पदमार्गको सबै स्थानहरुमा थिएन । त्यस अर्थमा सुगम कास्की जिल्लाको यस क्षेत्र प्रबिधिमा दुर्गम स्थान भन्दा कुनै फरक पर्दैनथ्यो ।

सञ्चार प्रबिधि जोडिए सँगै यस पदमार्गमा होटल तथा गेष्टहाउसमा कोठा बुकिङ्ग गर्न, रद्द गर्न, खाना अर्डर गर्न, बाटो बिराइएको अबस्थामा जानकारी लिन दिन, आपतकालीन अबस्थामा हेलिकप्टर वा अन्य सहायता माग्न, पदयात्रीहरुले आफ्नो अवस्था परिवार तथा प्रृयजनहरु लाई अध्यावधिक गर्न कठिनाई हुने गरेको अबस्थाको अन्त्य भएको यस क्षेत्रका पर्यटन अभियन्ता सुदिप गौतम बताउनुहुन्छ ।

यस अघि पोखरा, घान्द्रुक तथा छोमरोङमा रहेका टावरहरुको कभरेज एरिया भन्दा बाहिरको एरियामा सम्पर्क हुन कठिन रहेको थियो । सिडियमएले केहि स्थानमा अक्कल झुक्कल सिग्नल दिएपनि स्पष्ट कुराकानी गर्न डाडाँको टुप्पो तिर कुध्नुपथ्र्यो ।

गत हप्ता यस पदमार्गको ३५५० मिटर उचाईमा रहेको हाइक्याम्पमा माछापुच्छ्रे गाउँपालिका वडा नं ९ र मर्दि ट्रेक पर्यटन ब्यबस्थापन तथा ब्यबसाय समितिको संयुक्त पहलमा नेपाल टेलिकम सँग सहकार्य गरि टावर निर्माणमा पूर्णता दिएको थियो । सोलार माध्यमबाट टावर सञ्चालनमा आएसँगै हाललाई 2G र 3G इन्टरनेट समेत उपलब्ध भएको वडा अध्यक्ष दुर्गा बहादुर बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बादल लागेको अबस्था तथा मौसम बिग्रिएको अबस्थामा सोलार प्रबिधिले सेवामा केहि अबरुद्ध हुने भए पनि अन्य समयमा सामान्य अबस्थामा हुने नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख नरेन्द्रमान सिंह महर्जनले बताए । यस कार्यले स्थानिय पर्यटन ब्यबसायीहरु उत्साहित छन् ।

Leave a Reply