Wed. Dec 2nd, 2020

माउथवासले ३० सेकेन्डमै कोरोना नष्ट !

एजेन्सी । दाँतमा कीरा नलागोस् भनेर मुख कुल्ला गरिने ‘माउथवास’ले कोरोना भाइरसलाई ३० सेकेन्डमै मार्ने एक अध्ययनले देखाएको छ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकले माउथवासले कोरोना भाइरस नष्ट गर्न सहयोग पुर्‍याउने संकेत पाइएको बताएका हुन्।

युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोरोना संक्रमितमा माउथवास प्रयोगशालामा प्रयोग गरी हेर्दा कोरोना नष्ट पारेको पाइएको बीबीसीले उल्लेख गरेको छ।

यस अध्ययन टोलीका एक डा. निक क्लेडनले मानिसहरूको दैनिकीमा ‘माउथवास’लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताएका छन् ।

तर माउथवास श्वास नली र फोक्सोसम्म नपुग्ने चिज भएकाले यसलाई उपचारमै प्रयोग गर्न सकिने नससकिने अहिले भन्न नसकिने वैज्ञानिकको भनाइ छ।

प्रयोगशालामा गरिएको अध्ययनले कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सिपिसी भएका माउथवासले मुखका र्‍यालमा हुने कोरोना नष्ट गर्ने देखाएको हो।

तर यसबारे अन्य वैज्ञानिकले थप परीक्षण गरी पुष्टि गर्न बाँकी रहेको बीबीसीले जनाएको छ । कार्डिफ विश्वविद्यालयका प्राध्यापक डेभिड थोमसले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको भए पनि बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण आरम्भविन्दु हुने बताएका छन्।

Leave a Reply