Wed. Dec 2nd, 2020

जापानमा कोरोना संक्रमण लगातार बढ्दै २४२५ जनामा पुष्टि, १४ जनाको मृत्यु

सन थापा,
जापान । नोभेम्बर २०
जापानमा कोरोना संक्रमणको दर लगातार बढ्दै गएको छ । शुक्रबार २ हजार ४ सय २५ जनामा कोरोना संक्रमण थपिएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । बिहिबार ३० हजार ९ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा उक्त संख्या कोरोना पुष्टि भएको हो । कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा २ हजार नाघेको तेस्रो दिन हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख २९ हजार ६७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ९ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय ८२ जना पुगेको छ । आज ओसाकामा चार, ह्योगो र साईतामामा तीन-तीन,, होक्काईदोमा दुई, चिबा र टोकियो प्रान्तमा एक-एक जनाको मृत्यु भएको हो ।

एनएचकेका अनुसार संक्रमितमध्ये १४ हजार ८ सय ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ सय ९१ जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ५ सय २२, ओसाकामा ३ सय ७०, होक्काईदोमा ३ सय चार, खानागावामा २ सय आठ, आईचीमा २ सय दुई, ह्योगोमा १ सय ३१ र चिबामा १ सय छ जना थपिए भने सात प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३६ हजार ७ सय ७८, ओसाकामा १६ हजार ७ सय ४४, खानागावामा १० हजार ९ सय ८७, आईचीमा ८ हजार ४ सय ७६, साईतामामा ७ हजार ३ सय २३, होक्काईदोमा ६ हजार ६ सय ८४, चिबामा ६ हजार १ सय ८४, फुकुओकामा ५ हजार ४ सय ७७, ह्योगोमा ४ हजार ४ सय ८६, ओकिनावामा ३ हजार ९ सय २५ र क्योतोमा २ हजार ४ सय ३५ जना पुगेको छ ।

Leave a Reply