Wed. Dec 2nd, 2020

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७४ लाख

पोखरा, ६ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७४ लाख ४१ हजार ५०३ जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख १५ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ४ हजार ३६५ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५९ लाख ८१ हजार ७६७ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १३ लाख ६९ हजार ९०५ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख ५४ हजार ३३२ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ६८ हजार ६१ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख ३२ हजार १६२ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर कोरोना निको हुनेको संख्या ३ करोड ६८ लाख १४ हजार ४०६ जना रहेको छ ।

Leave a Reply